National life

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा पहिलो दिन नै मागभन्दा ४.१८ गुणा बढी आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ फागुन २०८१, मङ्गलबार
753Shares
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा पहिलो दिन नै मागभन्दा ४.१८ गुणा बढी आवेदन
ncell

काठमाडौँ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा पहिलो दिन नै ६१ करोड ७३ लाख ६२ हजार रुपैयाँ बरबरको आवेदन परेको छ ।

मंगलबार (फागुन २७ गते) साँझ ५ः५ बजेसम्ममा ४ लाख ९८ हजार १६१ जना सर्वसाधारण आवेदकहरूले ६१ लाख ७३ हजार ६२० कित्ताका लागि माथि उल्लेखित संख्या बराबरको आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले उल्लेख गरेको छ।

https://aarthikvoice.com/archives/58453

यो आवेदन मागभन्दा ४.१८ गुणा बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ओम मेगाश्री फर्मास्युटिकल्सले आजदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । सर्वसाधारणले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
753SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?