National life

 कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ वैशाख २०८०, बिहिबार
1.2kShares
 कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी
ncell

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न संघीय कर्मचारी काज फिर्ता गरिएका कार्यालयमा रमाना भई नगएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

‘काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूको रमाना लिने अवधि गुज्रिएपश्चात् साविकका कार्यालयबाट निजहरूको विदा स्वीकृत नगर्ने रमाना नलिएमा विभागीय सजायको प्रक्रिया सुरु हुने’ मन्त्रालयको जारी सुचनामा भनिएको छ ।

यसका साथै रमाना भई नजाने कर्मचारीलाई उपलव्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्ने समेत मन्त्रालयले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

notice

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?