काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेससँग पहिलेका राम्रा कुरा सबै रहेपनि नराम्रा कुरा केही पनि बाँकी नरहेको दाबी गरेका छन् । शुक्रबार सर्लाही–४ को चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले मतदातालाई आश्वस्त पार्दै यस्तो बताएका हुन् ।
‘अहिलेको कांग्रेससँग हिजोको कांग्रेसका राम्रा कुरा सबै छन्। हिजोको सबै कुरा खराब हुँदैन ।
हिजोका खराब कुरा मात्रै सबै छाडेको उनले बताए । उनले भने, ‘हिजोका खराब कुरालाई मात्रै छाड्ने हो । नयाँ समयको नयाँ मागलाई हेर्ने हो ।’
अहिलेको कांग्रेस त्यही कुरा मनन् गरेर आएको सभापति थापाले बताए । ‘यो कांग्रेससँग पाँच वर्षको योजना छ, सोच छ, देश बदल्ने । हिजोका गल्ती कमजोरी यो कांग्रेसले दोहोर्याउँदैन,’ उनले भने । यसक्रममा भ्रष्टाचार, कुशासन अन्त्य गरेर वर्षौँसम्म गर्छु भनेर गर्न नसकेका कामहरू पूरा गर्ने उनले बताए ।


































