National life

काठमाण्डौं महानगर स्वास्थ्य विभागद्वारा दुई फार्मेसीमा तालाबन्दी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ जेठ २०८१, शुक्रबार
1.4kShares
काठमाण्डौं महानगर स्वास्थ्य विभागद्वारा दुई फार्मेसीमा तालाबन्दी
ncell

काठमाण्डौं । काठमाडौं महानगरपालिका अन्तर्गतका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जको कम्पाउण्डभित्रै सञ्चालनमा रहेका दुई वटा निजी फार्मेसीमा तालाबन्दी गरेको छ ।

अस्पतालको कम्पाउण्डभित्र मापदण्डविपरीत फार्मेसी सञ्चालन गरिएको भेटिएपछि पानोरमा र पञ्चकन्या फार्मेसीमा ताला लगाइएको महानगरपालिकाका निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले बताए ।

“हामी अर्कै फार्मेसीविरुद्धको परेको उजुरी उपर अनुगमनका लागि त्यहाँ गएका थियौँ, टिचिङ हस्पिटलको कम्पाउण्डभित्रै निजी फार्मेसी सञ्चालन भएको र त्यसैमाथि मापदण्ड विपरीत भेटिएपछि ताला लगाएका छौँ।” विभाग प्रमुख महर्जनले भने

भ्याक्सिनलाई उचित तापक्रममा नराखेको, अनुमतिबिनै नार्कोटिक्स ड्रग्सजन्य औषधि बेचिएको, औषधि स्टोरेज पनि मापदण्डअनुसार नभएको पाइएको विभागले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?