National life

चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०९ असोज २०८०, मङ्गलबार
623Shares
चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न
ncell

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि विक्री गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले स्थानीयमा साउन २८ गतेदेखि भदौ २५ गतेसम्म ४ लाख कित्ता आइपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई सम्पूर्ण कित्ता आईपओि असोज ८ गते बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका लागि आइपीओ विक्री गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले साउन २८ गतेदेखि भदौ १० गतेसम्म ८० हजार कित्ता आइपीओ विक्री गरी भदौ २६ गते सम्पूर्ण कित्ता आइपीओ बाँडफाँड गरेको हो ।

पहिलो चरणको आईपीओ बाँडफाँडपछि अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ विक्री गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारी समेत सर्वसाधारणमा १२ लाख कित्ता आइपीओ विक्री गर्न अनुमति पाएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?