National life

जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क पाँच प्रतिशतले घट्यो, कुनको कती ? (सूचीसहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
591Shares
जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क पाँच प्रतिशतले घट्यो, कुनको कती ? (सूचीसहित)
ncell

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले असोज महिनासम्ममा करिब ६ अर्ब ७१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असोज महिनामा ७ अर्ब ९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन पाँच दशमलव ३० प्रतिशतले घटेको छ ।

असोजसम्ममा सूर्यज्योति लाइफले ५१ करोड ९३ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल लाइफले सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले असोज महिनासम्ममा कुल १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ बरारबरको नयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, नेशनल लाइफले कुल ९० करोड ७२ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ ।, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ५२ करोड ८७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

यसै गरी एलआइसी नेपालको असोज महिनासम्मको नयाँ बीमाशुल्क आर्जन ४ दशमलव ५ प्रतिशतले घटेर ५० करोड ५० लाख रुपैयाँ रहेको छ ।

सिटिजन लाइफको १५ प्रतिशतले घटेर ४१ करोड ६० लाख रुपैयाँमा कायम रहेको छ । कम्पनीले अघिल्लो आवको असोज महिनासम्ममा ४९ करोड २२ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको थियो ।

आइएमई लाइफले ३३ करोड ५० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३२ करोड ३६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३२ करोड २२ लाख रुपैयाँ, एशियन लाइफले ३२ करोड रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै सन नेपाल लाइफले ३० करोड ४२ लाख रुपैयाँ, मेट लाइफले ३० करोड ३५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २१ करोड ५९ रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले सबैभन्दा कम प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?