काठमाडौं । नेकपा एमालेका पूर्व सचिव समेत रहेका टोपबहादुर रायमाझीलाई अचानक मुटुमा समस्या देखिएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ।
नेता रायमाझीको मुटुमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । रिँगटा लागेर मुटुको चाल कम भएपछि रायमाझीलाई भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
हाल अवस्था सामान्य देखिएको भएपनी कति उपचारमा कति समय लाग्छ ठ्याकै भन्न नसकिने अस्पताल स्रोतको भनाई छ।
रायमाझी हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।

































