National life

नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०१ पुस २०८२, मङ्गलबार
628Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक एवं पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुनंकर्मीविरुद्ध अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मुनंकर्मीले २०५४।११।०१ देखि २०८०।०८।१४ सम्म सरकारी पदमा कार्यरत रहँदा आफ्नो पारिश्रमिक, बचत, जग्गा बिक्री, ऋणरसापटी आय, शेयर तथा लाभांश, बोनस र अन्य वैधानिक आयका स्रोतहरूको कुल र ३ करोड ७३ लाख ८१ हजार ४४४।२० मात्र आर्जन गरेका थिए।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

तर सो अवधिमा मुनंकर्मी र उनको परिवारले जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, सुनको गरगहना, विमा भुक्तानी, अध्ययन शुल्क, ऋण तिर्ने, व्यवसायमा लगानी तथा बैंकरसहकारी खातामा जम्मा रकम गरी ६ करोड २४ लाख १५ हजार ९६१।३९ खर्च गरेको देखियो। यस अनुसार कुल आय भन्दा कुल व्ययमा २ करोड ५० लाख ३४ हजार ५१७।१९ बढी भएको पाइएको छ।

उक्त रकमको स्रोत पुष्टि भएको नदेखिएकोबाट मुनंकर्मीले उक्त रकम बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको तथ्य प्रचलित कानून बमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको अनुसन्धानबाट देखिएको छ ।

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?