National life
cg eloctronics

नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दुई दिने तालिम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ वैशाख २०८२, शुक्रबार
423Shares
नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दुई दिने तालिम सम्पन्न
ncell

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले ‘इन्स्योर’ परियोजनासँगको सहकार्यमा वैशाख २४ र २५ गते ललितपुरमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दुई दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त तालिमको उद्देश्य अटोमोबाइल वर्कशपहरूमा कार्यरत प्राविधिक तथा कर्मचारीहरूलाई सुरक्षा, स्वास्थ्य र कल्याणका विषयमा व्यवहारिक चेतना र दक्षता विकास गराउनु रहेको थियो ।

कार्यक्रममा जोखिम व्यवस्थापन, कार्यस्थलका संभावित जोखिमहरू, रोकथामका उपायहरू र अटोमोबाइल उद्योगमा सुरक्षा संस्कृति निर्माण जस्ता विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो । नाडाका १२ सदस्य कम्पनीबाट २० जना प्रशिक्षार्थी सहभागी भएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तालिममा ओएसएच विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण दिएका थिए । नाडाले इन्स्योर परियोजनासँग सहकार्यमा यस्तो किसिमको तालिम पहिलो पटक आयोजना गरेको हो, यद्यपि दुई वर्षदेखि विभिन्न विषयमा तालिम आयोजना गर्दै आएको छ।

तालिमको समापन समारोहमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल र इन्स्योर परियोजनाका डेपुटी टिम लिडर सञ्जिव कुमार राईले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा नाडाका केन्द्रीय सदस्य प्रदीपमान प्रधान, इन्स्योरका निजी क्षेत्र संलग्नता विशेषज्ञ लोक राज जोशी, र तालिम समन्वयकर्ता आरजु श्रेष्ठको सक्रिय भूमिका रहेको थियो । नाडाले यो तालिमलाई आफ्नो सामाजिक उत्तरदायित्वको अभिव्यक्तिका रूपमा लिएको जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
423SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?