National life

नाबालकको मृत्यु प्रकरण : उच्च अदालतद्वारा प्राधिकरणका महानिर्देशकलाई कारण देखाऊ आदेश जारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० भदौ २०८०, बुधबार
551Shares
नाबालकको मृत्यु प्रकरण : उच्च अदालतद्वारा प्राधिकरणका महानिर्देशकलाई कारण देखाऊ आदेश जारी
ncell

सुर्खेत । पाटन उच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी समेतलाई कारण देखाऊ आदेश जारी गरेको छ । पाटन उच्च अदालतले हुम्लामा ६ महिने बालकको मृत्यु भएको घटनामा प्राधिकरणका महानिर्देशक अधिकारी समेतलाई कारण देखाऊ आदेश जारी गरेको हाे ।

प्राधिकरणको निर्णयका कारण हवाई उडान रोकिँदा उपचार हुन नपाई बालकको मृत्यु भएको भन्दै परेको रिटमा मंगलबार उक्त आदेश जारी भएको हो ।

प्राधिकरणले साउन १२ मा देशका पहाडी तथा हिमाली विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउने लगायतका ५ बुँदे निर्णय गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अधिवक्ता गणेश ओलीले दायर गरेको रिटमा हचुवाको आधारमा गरिएको उक्त निर्णयका कारण हुम्ला, सिमकोट गाउँपालिका ६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको उल्लेख गरेका थिए । उनले आइतबार उच्च अदालतमा रिट दायर गरेका हुन् ।

अधिवक्ता ओलीले मृतक नाबालकको परिवारलाई क्षतिपूर्तिको लागि आदेश दिनसमेत माग गरेका थिए ।

न्यायधीश दुर्गबहादुर विश्वकर्माको एकल इजलासमा निवेदकको तर्फबाट अधिवक्ता ओलीका साथै अधिवक्ताहरू धर्मराज रेग्मी, लोकेन्द्र ओली र शिवराज रिमालले बहस गरेका थिए ।

आदेशमा भनिएको छ, ‘मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. १ को हकमा उच्च सरकारी वकिल कार्यालय पाटनमार्फत् तथा विपक्षी नं. २ र ३ को हकमा आफैं वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्नुहोला ।’

रिटमा विपक्षी नं. १ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, विपक्षी नं. २ नेपाल नागरिक उड्डयन प्राधिकरण र विपक्षी नं. ३ प्राधिकरणका महानिर्देशक अधिकारीलाई उल्लेख गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?