काठमाडौं । वर्षासँगै पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै यात्रु मर्कामा परेका छन् ।
यो सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सडकमा सवारी साधनको आवागमन रोकिएको छ।
हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको प्रहरीको भनाई छ । सडक अवरुद्ध हुँदा दुबैतिर सवारी साधनको लाम लागेको छ।

































