National life

टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन आग्रह , टिकटकको सरकारलाई पत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ माघ २०८०, सोमबार
554Shares
टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन आग्रह , टिकटकको सरकारलाई पत्र
ncell

काठमाडौ । पछिल्लो समय सर्वाधिक चर्चित बनेको सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई औपचारिक रुपमै प्रतिबन्ध हटाउन आग्रह गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई एक पत्र पठाउँदै टिकटकका प्रतिनिधिले ५ क्षेत्रमा प्रतिबद्धता व्यक्त गरेका हुन्। सञ्चारमन्त्री रेखा शर्मालाई सम्बोधन गरी निम्नानुसारको प्रतिबद्धता जाहेर गरिएको छ।

प्रतिबद्धतालाई विचार गरी नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

 यी हुन प्रतिबद्धताहरु

१) नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्ध छौँ

२) यसका विषयवस्तुसँगको ध्यानाकर्षणलाई सम्बोधन गर्न प्रत्यक्ष रिपोर्टिङको पहुँच प्रदान गर्छौँ र एक समर्पित फोकल प्वाइन्ट उपलब्ध गराउँछौँ

३) टिकटकमा राखिने विषयवस्तुको जाँच र नियमन बढाउन अझै धेरै नेपाली बोल्ने स्रोतहरु राख्नेछौँ

४) राष्ट्रव्यापी रुपमा इन्टरनेट सुरक्षा र डिजिटल शिक्षा अभियान कार्यक्रम गर्नेछौँ

५) हाई स्कुल र कलेज विद्यार्थीका लागि शैक्षिक नतिजामा सुधार ल्याउन शैक्षिक विषयवस्तुलाई डिजिटलीकरण गर्नेछौँ

टिकटकले मन्त्रालयलाई लेखेको पत्रमा प्रयोगकर्ता र आफ्नो प्लेटफर्मको सुरक्षामा आफ्नो विशेष ध्यान रहेको उल्लेख छ। यसका लागि कम्पनीले ग्लोबल फ्रेमवर्क ‘कम्युनिटी गाइडलाइन’ बनाएको र त्यसको कार्यान्वयन गरिरहेको उल्लेख गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?