काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सहित ९ दलको एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने भएको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रज्ञाभवन कमलादीमा जारी बैठकमा नयाँ बन्ने पार्टीको बारेमा बताएका हुन् ।
संयोजक प्रचण्डले चुनाव चिन्ह भने पाँचकुने तारा रहने सहमति भइसकेको जानकारी दिएका छन् । भोलि कार्तिक १९ गते बुधबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न ८ कम्युनिष्ट पार्टीबीच एकता घोषणा हुने भएको छ।


































