National life

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा ईन्द्र बानियाँ निर्वाचित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ साउन २०८२, बुधबार
454Shares
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा ईन्द्र बानियाँ निर्वाचित
ncell

काठमाडौं। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा ईन्द्र बानियाँ निर्वाचित भएका छन् । मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामा तामाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि बागमतीमा कांग्रेसले संसदीय दलको नेता चयनका लागि आज निर्वाचन गराएको थियो । संसदीय दलका नेतामा मुख्यमन्त्री तामाङ र बानियाँबीच प्रतिस्पर्धा भएको थियो ।

कूल ११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सांसद रहेका छन् ।

Royal Enfield
nic asia capital
संसदीय दलको नेता चयनका लागि आज भएको मतदानमा ३७ जनाले नै भाग लिएका थिए । बानियाँले २२ मत पाएर संसदीय दलका नेतामा निर्वाचित भए भने तामाङले १४ मत पाए । एक मत बदर भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
454SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?