National life

नेपाली युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउने अर्थमन्त्री महतको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०६ जेठ २०८०, शनिबार
1.1kShares
नेपाली युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउने अर्थमन्त्री महतको दाबी
ncell

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउने बताएका छन्। शनिबार प्रतिनिधिसभाको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेट र अर्थतन्त्र केन्द्रित बैठकमा उनले नेपालमै उद्योग र व्यवसाय गर्ने वातावरण निर्माण गर्ने बताएका हुन्।

‘भ्यालु एडिसन देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ ।’ बैठकमा मन्त्री महतले भने ‘नेपाली उद्योगी व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं, बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने नीतिमा हामी जान्छौं’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजेटको स्रोत सीमित रहेको र कतिपय अनिवार्य दायित्वहरु कटौती गर्न नसकिने भएकाले धेरै ठूलो अपेक्षा नगर्न मन्त्री महतले सांसदहरुलाई आग्रह गरे

‘हाम्रो साँवा व्याज एकदमै बढ्दै गएको छ । ऋण भुक्तानीमा हामीले ध्यान केन्द्रित गर्न थाल्यौं भने साधारण र पूँजीगत खर्चमा दबाव सिर्जना हुन्छ । प्रशासनिक खर्चको सीमा छ, सामाजिक सुरक्षा खर्च हटाउन सक्दैनौं । सार्वजनिक स्वास्थ्य शिक्षाको लगानी कटाउन सक्दैनौं । यस बीचमा हामी ऋण भुक्तानीको दायित्वबाट हामी भाग्न सक्दैनौं ।’मन्त्री महतले भने ।

साथै उनले पूँजीगत खर्च गर्नुपर्ने चौतर्फी मागलाई सम्बोधन गर्न स्रोत सीमित रहेको बैठकलाई गराए जानकारी ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?