National life

नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ८ सय भन्दा बढी विद्यार्थी लाभान्वित

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१४ फागुन २०८२, बिहिबार
652Shares
नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ८ सय भन्दा बढी विद्यार्थी लाभान्वित
ncell

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडद्धारा मधेश प्रदेशमा सञ्चालित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कार्यक्रमबाट गरिब तथा बिपन्न बर्गका ८०० भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् ।

बारा जिल्लाको जीतपुर सिमरा स्थित आदर्श आधारभूत विद्यालय, सर्लाही जिल्लाको हरिवनस्थित,श्री जनता प्राथमिक विद्यालय, सप्तरी जिल्लाको राजगढ र राजविराज स्थित श्री जनता माध्यमिक विद्यालय बेल्ही चपेना तथा श्री बौद्धीक अपाङ्गता विद्यालय, रौतहट जिल्लाको चन्द्रपुरस्थित श्री दलित जनजागरण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सहयोग पुर्याउने उद्धेश्यले व्हाइट बोर्ड, कुर्सी, स्टिल दराज, अफिस टेबुल, विद्यालय पोसाक, स्कुल ब्याग र अन्य शैक्षिक तथा खेलकुद सामग्रीहरु प्रदान गरेको छ ।

यस किसिमको पहलले विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुनुका साथै विद्यार्थीहरुको पठनपाठनमा थप सहजता ल्याउने लक्ष्य बैंकले राखेको छ । बैंकले समुदाय स्तरमा यस किसिमका गतिविधिहरु समय समयमा गर्दै आइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?