National life
cg eloctronics

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२३ माघ २०८२, शुक्रबार
1.1kShares
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
ncell

काठमाडौँ। नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । माघ २२ को प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार उनलाई निमित्त प्रबन्ध निर्देशक तोकिएको हो ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी छन् । उनी २०५१ जेठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५२ जेठ ९ मा स्थायी नियुक्ति लिएकी थिइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनी २०८० जेठ ३२ मा नेपाल टेलिकमको नायब प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् । प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं एवं वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशक बनेकी थिइन् । उनी हाल प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत थिइन् ।

पदभार ग्रहण गर्दै डंगोलले ग्राहकको चाहना र सरकारको प्राथमिकताबमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने बताएकी छन् । उनले कम्पनीलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने बताइन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?