National life

बजारमा अधिक तरलता, बैंकिङ प्रणालीबाट ८४ दिनका लागि २० अर्ब झिक्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०६ पुस २०८२, आइतबार
488Shares
बजारमा अधिक तरलता, बैंकिङ प्रणालीबाट ८४ दिनका लागि २० अर्ब झिक्दै राष्ट्र बैंक
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज आइतबार बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।

पुस २ गते मात्र २० अर्ब तानेको बैकले पुनः ८४ दिनका लागि २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । बैंकले छोटो अवधिमा लगातार रुपमा बजारबाट पैसा उठाउन लागेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी चैत १ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
488SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?