National life

बालेनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले माग्यो लिखित जवाफ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ असार २०८०, मङ्गलबार
466Shares
बालेनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले माग्यो लिखित जवाफ
ncell

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्धको मुद्दामा लिखित जवाफ माग गरेको छ । आज (मंगलबार) न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त मुद्दामा मेयर शाहसँग लिखित जवाफ माग्ने आदेश दिएको हो ।

महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् ।

बालेनले बलिउड फिल्म ‘आदिपुरुष’ समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट संवाद नहटाएसम्म नेपालमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए ।

Royal Enfield
nic asia capital

चलचित्र संघले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु भन्दै अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेशपछि बालेनले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
466SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?