National life

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा चिसोको कारण थप ३ जनाको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ मंसिर २०८०, आइतबार
551Shares
भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा चिसोको कारण थप ३ जनाको मृत्यु
ncell

काठमाडौँ । भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा चिसोका कारण थप ३ जना भूकम्पपीडितको मृत्यु भएको छ।

कार्तिक महिनाको अन्तिम सातादेखि मङ्सिरको पहिलो हप्तासम्म चिसोका कारण मृत्यु हुने भूकम्पपीडितको सङ्ख्या १० जना पुगेको छ।

जुनीचाँदे गाउँपालिका–४ का वडा अध्यक्ष हरी बहादुर खडकाको अनुसार जाजरकोटको सोही वडा नं.४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३, थानबाडाकी ५६ वर्षीया मनसरी कामी र भेरी नगरपालिका–४, तल्याउनका केशव भडेलको मंसिर २ गते मृत्यु भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि बारेकोट गाउँपालिका–१, रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड–४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालिका, बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट–६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकको मृत्यु भइसकेको छ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा गरी १५४ जनाको मृत्यु भयो भने सयौँ घाइते भए।

भूकम्पले आंशिक र पूर्ण क्षति गरी ३५ हजारभन्दा बढी घर भत्किँदा हजारौँ परिवारको बिजोग भएको छ। यो कठ्याङ्ग्रिँदो जाडोमा उनीहरू एउटा त्रिपाल तथा कम्बलको भरमा खुला चौरमा बस्न बाध्य छन्।

भूकम्पले तहसनहस पारेको जाजरकोटमा पर्याप्त सहयोग र आवश्यक सामाग्री नपुग्दा यो समस्या थप

बढेर जाने त्रास भएको स्थानीयको गुनासो छ ।

 

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?