काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछाने र अन्य तीन जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
सूर्य दर्शन सहकारी ठगीमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालकसमेत रहेका लामिछाने, छविसहित सूर्य दर्शन सहकारीको रकम हिनामिनामा जीवी राई सँग जोडिएका लीला पछाइ र नेचर हर्ब्सका रामबहादुरलाई अदालत उपस्थित गराइएको हो ।
तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो ।
लामिछानेलाई अदालतमा उपस्थित गराएसँगै पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र उनको सुवेक्षुकले पोखरामा प्रदर्शन गर्ने बताएको छ ।
राजनीतिक प्रतिशोधले पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको बताउँदै रास्वपाले जिरो किलोमिटरमा प्रदर्शन गर्ने तयारी गरेको छ ।


































