काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा,राप्रपाका सांसद दिपक सिंह लगायत पक्राउ परेपछि राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको छ ।
राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रबाट प्रदर्शन गर्दै बालुवाटारतर्फ प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष थापा सहितका नेता,कार्यकर्ता पक्राउ परेका थिए ।
https://www.youtube.com/watch?v=X3vjpMUdvHo
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष थापा,राप्रपा सांसद सिंह लगायतलाई प्रहरीले अमानवीय तवरले पक्राउ गरेको भन्दै सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको हो ।
https://www.youtube.com/watch?v=sVWvwNuROZ0&t=8s
उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्दछु,’सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

https://www.youtube.com/watch?v=zksUO-w-4Qs


































