National life

राप्रपाले भोलि काठमाडौंको बिजुलीबजारमा निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ वैशाख २०८२, शनिबार
570Shares
राप्रपाले भोलि काठमाडौंको बिजुलीबजारमा निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्दै
ncell

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (आइतबार) काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ । सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको राप्रपाले भोलि निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्दैछ ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भोलिको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन् । दिउँसो १२ बजेबाट सुरु हुने बताइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दा सामूहिक गिरफ्तारी दिने तयारीसहितको निर्णय गरेको एक नेताले बताएका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?