National life

राष्ट्रिय वाणिज्य बैंकद्धारा कर्मचारी माग , शैक्षिक योग्यता र कार्यानुभव कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ साउन २०८१, बिहिबार
634Shares
राष्ट्रिय वाणिज्य बैंकद्धारा कर्मचारी माग , शैक्षिक योग्यता र  कार्यानुभव कति ?
ncell

काठमाडौँ। करार सेवाको पदपूर्तिका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दरखास्त आह्वान गरेको छ। बैंकले ग्रिन इनर्जी फाइनान्स एक्सपर्ट पदका लागि १ जना कर्मचारी माग गरेको हो।

बैंकले जीआइजेटसँगको सहकार्यमा सञ्चालित ‘रिनियुबेल इनर्जी एण्ड इनर्जी इफिसियन्सी प्रोग्राम कार्यान्वयनका लागि करार सेवा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो।

उक्त पदमा इच्छुक आवेदकको न्यूनतम शैक्षिक योग्यता ऊर्जा सम्बन्धी विषयमा इन्जिनियरिङ, व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर गरेको हुनुपर्ने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसका साथै ३ वर्षको कार्यानुभव र कम्तीमा ऊर्जा क्षेत्रमा २ वर्ष काम गरेको हुनुपर्नेछ उल्लेख गरेको छ ।

स्नातक मात्रै गरेका आवेदकको हकमा भने ७ वर्षको कार्यानुभव र कम्तीमा ऊर्जा क्षेत्रमा ५ वर्ष काम गरेको हुनुपर्ने बैंकले जनाएको छ । अन्तर्वार्तामार्फत योग्य आवेदक छनौट गरिनेछ । यो पदका लागि साउन २ गतेदेखि आवेदन दिन सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
634SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?