National life

विभिन्न १८ देशका लागि राजदूत सिफारिस

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
789Shares
विभिन्न १८ देशका लागि राजदूत सिफारिस
ncell

काठमाडौं।  सरकारले विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको छ ।आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ देशका लागि राजदूत नियुक्ति सिफारिस गर्ने निर्णय गरेको हो ।

भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरिएको छ ।फिर्ता बोलाएका देशमा नयाँ राजदूत पठाउने निर्णाय भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई दक्षिण कोरियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली सिफारिस भएका छन् । सरकारले विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर ओलीलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे र मलेसियामा डा. नेत्र तिमल्सिनालाई सिफारिस गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
789SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?