National life
cg eloctronics

शिवम् सिमेन्टको “नो कम्प्रमाइज” अभियानअन्तर्गत तेस्रो भिडियो सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ भदौ २०८२, सोमबार
363Shares
शिवम् सिमेन्टको “नो कम्प्रमाइज” अभियानअन्तर्गत तेस्रो भिडियो सार्वजनिक
ncell

काठमाडौँ नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाउन सफल शिवम् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड अभियान “समयको मामलामा नो कम्प्रमाइज” अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक गरेको छ । यस भिडियोमा हाम्रो जीवनको एक–एक सेकेण्ड समयको महत्वलाई देखाइएको छ । कथामा दुई साथीमध्ये एक जना समयमै एयरपोर्ट पुगेको छ भने अर्कोले जहाज ढिला हुने भन्दै घरमै बसेको तर जहाज तोकिएको समयमा नै उड्दा समयको मूल्यबारे सशक्त सन्देश दिइएको छ ।

यसअघि अभियानको पहिलो चरणमा कर्तव्यनिष्ठ ट्राफिक प्रहरीले “कर्तव्यको मामलामा नो कम्प्रमाइज” भन्ने सन्देश दिएको भिडियो प्रस्तुत गरिएको थियो । यसले समाजमा कर्तव्यबोध र जिम्मेवारीबारे चेतना फैलाउने उद्देश्य लिएको थियो । त्यस्तै दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत “सर्तकताको मामलामा नो कम्प्रमाइज” भन्ने संदेश दिइएको थियो । उक्त भिडियोले सामान्य जीवनमा हुने निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुने सन्देश दिन खोजेको थियो । यी दुवै सामाजिक सन्देशमूलक सामग्रीलाई दर्शकले अत्यधिक रुचाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभई समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । “नो कम्प्रमाइज भन्न सजिलो छ, तर व्यवहारमा पुरा गर्न गाह्रो हुन्छ । जसले पुरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ” भन्ने सन्देशमार्फत शिवम् सिमेन्टले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने आफ्नो नीति अझै मजबुत रूपमा प्रस्तुत गरेको छ ।

स्थापनाकालदेखि नै शिवम् सिमेन्टले केवल ओ.पी.सी. (ओर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) उत्पादन र बिक्री गर्दै आएको छ । कम्पनीले सधैं गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धलाई प्राथमिकता दिंदै आएको छ । “गुणस्तरको पहिचान हो शिवम्”, “भरोसा अटुट सम्बन्धको”, “कर्तव्यको मामलामा नो कम्प्रमाइज” जस्ता नाराहरूले शिवम् ब्रान्डको मूल सिद्धान्तलाई झल्काउँछन् ।

यसै प्रतिबद्धताको सम्मानस्वरूप शिवम् सिमेन्ट नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ जसले उत्कृष्ट गुणस्तरमा आधारित राष्ट्रिय पुरस्कार नेशनल क्वालिटी अवार्ड समेत प्राप्त गरिसकेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
363SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?