काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले रिक्त रहेका विभिन्न तहका २०९ पदका लागि नयाँ भर्ना खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशित गर्दै सशस्त्रले साधारण तथा प्राविधिक समूहतर्फ आवेदन माग गरेकाे हो। विज्ञापनमा ६९ जना इन्स्पेक्टर र १३१ जना असई पनि माग गरिएकाे छ।
माग गरिएको पद संख्या :
निरीक्षक (इन्स्पेक्टर) : ६९ जना
सहायक निरीक्षक (असई) : १३१ जना
नायव निरीक्षक (सई – स्टाफ नर्स) : ९ जना
उपसमूह अनुसारको विवरण :
साधारण समूहअन्तर्गत ४१ जना निरीक्षक र १३१ जना असईका लागि भर्ना खुलाइएको छ।
योग्यता र उमेरहद :
साधारण समूहका निरीक्षकका लागि २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ भने असईका लागि १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्छ। अन्य प्राविधिक पदका हकमा आवश्यक शैक्षिक योग्यता र उमेर सीमा पदअनुसार फरक–फरक तोकिएको छ।
इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित माघ ११ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म पनि आवेदन दिने व्यवस्था गरिएको छ। भर्ना सम्बन्धी थप जानकारी सशस्त्र प्रहरी बल, नेपालको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।

































