National life
cg eloctronics

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ‘राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ माघ २०८१, आइतबार
920Shares
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ‘राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्ने
muktinatha bikash bank

काठमाडौं । खेलकुदमा बुटवललाई चिनाउने उद्देश्यसहित आगामी फागुन दोस्रो साता शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले दश किलोमिटर खुला दौड प्रतियोगिता गर्ने भएको छ । बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा फागुन ११ गते शाइन रेसुङ्गा राष्ट्रिय ‘टेन के रन’ प्रतियोगिता गर्न लागेको हो ।

काठमाडौं बाहिर एउटा मात्र केन्द्रीय कार्यालय रहेको डेभलपमेन्ट बैंक शाइनले पहिलोपटक एथलेटिक्समा लोकप्रिय मानिने खुला दौड प्रतियोगिता गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।​

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेलले कार्यक्रम मिनिङफूल भई समाजमा राम्रो प्रभाव पार्न सक्ने आशा लिए । प्रतियोगितामा पुरुष र महिला विधामा विजेता धावकले जनही १/१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले जनही ४० हजार, तृतीय हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुनेले जनही १०/१० हजार प्राप्त गर्नेछन् ।

खुलातर्फ ५० वर्ष उमेर समूहका सहभागी हुनेछन् भने स्थानीय धावकको सहभागिताको लागि ५ किलोमिटर दौड राखिएको छ । खुल्ला दौड बैंकको केन्द्रीय कार्यालय बुटवल कालिकानगरबाट शुरू भएर तिलोत्तमाको मणिग्राम चोकमा पुगी पुनः बैंकको कार्यालयमा फर्किएपछि समापन हुनेछ ।

everest bank

५० वर्ष उमेरभन्दा माथिका महिला पुरुषबीच हुने दौडमा पुरस्कार जनही १५ हजार, १० हजार, तेस्रो हुनेले ५ हजार र चौथो हुनेले २ हजार ५०० सय रुपैयाँ प्राप्त गर्ने बैंकका सीईओ पौडेलले जानकारी दिए । दौडमा २ हजारको सहभागिता हुने र प्रतियोगिताका लागि २० लाख खर्च हुने बैंकको अनुमान छ । वित्तीय क्षेत्रमा १६ वर्षदेखि सेवा उपलब्ध गराउँदै आएको बैंकले सामाजिक क्षेत्रमा पनि अग्रणी रूपमा काम गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
920SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?