National life

सामाजिक सुरक्षामा ब्रेक लगाउन सकिएन भने निक्कै ठूलो दायित्व जाने छ:डा. स्वर्णिम वाग्ले

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ जेठ २०८०, सोमबार
662Shares
सामाजिक सुरक्षामा ब्रेक लगाउन सकिएन भने निक्कै ठूलो दायित्व जाने छ:डा. स्वर्णिम वाग्ले
ncell

काठमाडौं। बजेट निर्माण वास्तविकताबाट निक्कै पर जान थालेको सासंद तथा अर्थिविद डा. स्वर्णिम वाग्लेले बताएका छन्। प्रत्येक वर्ष बजेटको आकार एकातिर र वास्ताविकता अर्कैतिर हुन थालेको बताएका हुन्।

इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै सासंद वाग्लेले बजेटलाई रियालिष्टिक बनाउन निकै ढिला भैसकेको बताएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सासंद वाग्लेले भूकम्प कोभिडले गर्दा बजेटको आकार ठूलो बनाउनु परेको बताए। भुकम्पपछिको बजेट पुननिर्माणका लागि ठूलो बनाइएको थियो। सो बेलादेखी बढेको बजेट बढ्ने क्रम नरोकिएको डा. वाग्लेले बताएका हुन्।

उनले भने ‘भुकम्प भन्दा एक वर्ष अघिको बजेट ६ खर्ब १९ अर्बको थियो, यसपिछि ८ सय २० अर्ब पुग्यो यसबेला यो आवश्यक पनि थियो तर पछिल्लो समय महत्वकाँक्षा बढ्दै गएको देखिन्छ।’

इतिहासमै सबैभन्दा सजिलो बजेट भनेको पुर्व अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेट हो। यो बजेट १३ अर्ब १५ अर्बको थियो। २ तिहाई सासंद सहितको एकदलिय सरकार, भुकम्पबाट तग्रिसकेको बजेट तर यो बजेट पनि ११ खर्ब १० अर्ब भन्दा खर्च हुन सकेन। यसलाई हामीले महत्वपुर्ण बजेट अभ्यासको रुपमा हेर्नुपर्ने सासंद वाग्लेले बताए।

पछिल्लो समय बजेट वास्तविक भन्दा निक्कै पर जान थालेको वाग्लेले बताए। पुर्वअर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट इतिहासकै डपजास्टर र हावादारी बन्न थालेको टिप्पणी गरे। साथै सो बजेटमा सबैभन्दा धेरै नीतिगत भ्रष्टाचार भएको बताए।

अहिले सार्वजनिक भएको बजेटमा पनि नीतिगत भष्टाचारको विषय उठेको छ। यो विषय सत्य नहोस् म मन्त्री प्रकाशशरण महतलाई शुभकामना दिन पनि चाहान्छु।

१७ सय ५१ अर्बको बजेटलाई पनि पत्याउन सकिने स्थिति नभएको वाग्लेले बताए। वैदेशिक अनुदान र ऋण परिचालन कमजोर बन्दै गएको छ। अब विस्तारै कोर्स करेक्सनमा जानुपर्ने तर सो हुन सकेको छैन।

राजस्वको कर्मचारीको क्षमतामा कमजोरी बढ्दैछ। आर्थिक वृद्धिमा पनि सोही अवस्था देखिइरहेको छ। नयाँ सिराबाट काम गर्नुपर्ने देखिएको छ।

खर्च घटाउने त भनेको छ, तर कहाँ घटाउने खर्च पुनरावलोकन आयोगको रिपोर्ट पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने अवस्था आएको छ। सामाजिक सुरक्षामा सरकारले ३७ लाख जनताले महिना महिना नै खातामा हालिदिएको छ। यो सकारात्मक विषय हो। यो गतिमा सधै दिन सक्दैन।

सामाजिक सुरक्षामा ब्रेक लगाउन सकिएन भने निक्कै ठूलो दायित्व जाने वाग्लेको बनाई छ। यसको लागि सामूहिक सोलुसन आवश्यक पर्छ।

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?