National life
cg eloctronics

सुनील शर्मा भन्छन्ः १५औँ महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छु

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०५ पुस २०८२, शनिबार
1.5kShares
सुनील शर्मा भन्छन्ः १५औँ महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छु
muktinatha bikash bank

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा आफू सहमहामन्त्रीको सशक्त दाबेदार रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले महाधिवेशनमा सहमहामन्त्रीको दाबी गर्ने बताएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उनले आफूलाई सहमहामन्त्री पदमा उठ्न नदिए आफ्नै ढंगले महामन्त्री पदमा उम्मेदवारी दिने दाबी समेत गरे । उनले पार्टीका शीर्ष नेताहरुले महाधिवेशनमा दोस्रो तहका नेताहरुमाथि दमन गरे छुट्टै प्यानल बनाएर विद्रोहमा उत्रिने चेतावनी समेत दिए ।

उनले भने, ‘म अहिलेसम्म डा. शेखर कोइाराला पक्षको मान्छे हो । यसमा लजाउने कुरा भएन । मैले अगामी महाधिवेशनमा सहमहामन्त्री दिनुहोस् भन्छु । म अरुजस्तो तपाईहरुसँग झुटो बोल्दिन । म माथिबाट तल झर्ने मान्छे होइन तलबाट माथि जाने हो । मेरो जीवन पनि त्यस्तै छ । सुकुम्बासीको छोरो अहिलेसम्म यहाँ आइपुगेको छु । सहमहामन्त्रीमा मेरो उम्मेदवारीको निम्ति आग्रह गर्छु ।’

everest bank

उनले थप भने, ‘उहाँहरुले दिनुभएन भने नयाँ ढंगको सोच हुन्छ, महामन्त्रीमा मेरो उम्मेदवारी जान्छ या उपसभापतिमा जान्छ । यो पटक सभापतिमा जाँदैन । यदि त्यसमा पनि समस्या आएछ भने सभापतिको लागि स्वच्छ छवि भएको नयाँ उम्मेदवार घोषणा गरेर विद्रोहमा जान्छौँ ।’

उनले पार्टीका वर्तमान महामन्त्री गगनकुमार थापाले चलाएको पार्टी आफूहरुले देखिसकेको भन्दै आफूले चलाएको पार्टी जनतालाई देखाउने इच्छा रहेको पनि बताए ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?