National life

सूर्य दर्शन सहकारी ठगीमा लामिछानेसहित एकैपटक १४ जनाबिरुद्ध पक्राउ पुर्जी जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ कात्तिक २०८१, शुक्रबार
685Shares
सूर्य दर्शन सहकारी ठगीमा लामिछानेसहित एकैपटक १४ जनाबिरुद्ध पक्राउ पुर्जी जारी
ncell

काठमाडौं । पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि एकै पटक अनुमति दिएको हो । जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले पक्राउ अनुमति दिएको हो ।

जिल्ला अदालत कास्कीले लामिछाने सहित विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जिल्ला अदालतले बयान लगायतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ ९३० बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको अनुमति पत्रमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?