National life

सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर राजधानीमा निर्माण व्यवसायीको दोस्रो चरणको आन्दोलन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ साउन २०८०, बुधबार
684Shares
सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर राजधानीमा निर्माण व्यवसायीको दोस्रो चरणको आन्दोलन
ncell

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन सुरू गरेका छन् । महासंघको दोस्रो चरणको आन्दोलन अन्र्तगत बुधवार राजधानीमा देशभरका निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर सिठ्ठी जुलुश गरेका हुन् । ७ प्रदेश तथा ७७ जिल्लाबाट आएका निर्माण व्यवसायीहरू जुलुशमा सहभागी भएका छन् ।

महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा महासंघ सचिवालय अनामनगरबाट शुरु भएको जुलुश संसद् भवन नयाँ बानेश्वर अगाडि कोणसभामा परिणत भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त कोणसभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीहरूका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन शुरु गर्नुपरेको बताए ।

कोणसभामा निर्माणसँग सम्बन्धित् विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए । नेपाल क्रसर तथा खानी उद्योग महासंघका अध्यक्ष सिताराम न्यौपानेले निर्माण व्यवसायीहरूको अरबौं रकम भुक्तान नहुँदा समग्र निर्माण क्षेत्र अस्तव्यस्त भएको बताए ।

निर्माण व्यवसायीहरूको आन्दोलनको प्रभाव ढुङ्गा, गिट्टी, बालुवा लगायतका व्यवसायीहरूलाई परिसकेको भन्दै अध्यक्ष न्यौपानेले निर्माण व्यवसायीहरूको जायज मागहरू तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

व्यवसायीहरूको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखी व्यवसायीहरू निरन्तर आन्दोलनमा छन् ।

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?