काठमाडौं । काठमाडौं मेडिकल कलेज सिनामंगलले एक दिनको लागि विपन्नताका कारण उपचार गराउन नसकेका स्याङ्जावासीहरुलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने भएको छ।
आगामी चैत ४ गते स्याङ्जावासीलाई अस्पतालमा उपचार निःशुल्क गर्ने गरि स्याङ्जा क्षेत्र २ का सांसद नेपाली काङ्ग्रेस उपसभापति धनराज गुरुङ र केएमसीका सञ्चालक तथा प्रतिनिधि सभा सदस्य डा।सुनिल शर्माबीच सहमति भएको हो ।
सम्झौताअनुसार औषधि, औषधिजन्य सामान र खानाबाहेक अप्रेसन चार्ज, बेड चार्ज, रगत जाँच, सिटिस्क्यान, एमआरआईलगायत सबै प्रकारका सेवा निः शुल्क प्रदान गरिने छ।
तर, बिरामीले उपचार गराउन आउँदा बिमा गराएको भए बिमा कार्ड अथवा विपन्नताको सिफारिस भने अनिवार्य लिएर आउनुपर्ने भएको छ ।


































