National life

स्वीट्जरल्यान्ड र जर्मनी भ्रमणमा रहेका राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ असार २०८१, बुधबार
697Shares
स्वीट्जरल्यान्ड र जर्मनी भ्रमणमा रहेका राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै
ncell

काठमाडौँ । स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कने कार्य तालिका रहेको छ । पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान १० बजे काठमाडौँ आइपुग्नेछन्।

राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले  जानकारी गराएको छ । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो। सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
697SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?