National life

“हवाईजहाज किन्न नदिन संसारभरका पापी मनहरूले घेराबन्दी गरिरहेका छन्”

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२५ जेठ २०८०, बिहिबार
666Shares
“हवाईजहाज किन्न नदिन संसारभरका पापी मनहरूले घेराबन्दी गरिरहेका छन्”
ncell

खोटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन् ।

खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) उद्घाटन कार्यक्रममा उनले तीन वटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि पापी मन भएकाले घेराबन्दी गरिरहेको बताए ।

“घाटामा गएको नेपाल वायुसेवा निगमलाई मैले मन्त्रालय सम्हालेको करिब तीन महिनामै चार अर्ब ऋण घटाएको छु । अहिले हामी तीन वटा जहाज किन्ने प्रक्रियामा छौँ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हवाईजहाज किन्न नदिन संसारभरका पापी मनहरूले घेराबन्दी गरिरहेका छन्”, मन्त्री किरातीले भने, “तपाईंहरूको साथ पाएँ भने प्रक्रिया र प्रणालीमा पारदर्शी तरिकाले पाँच पैसा घोटाला हुन नदिने गरी जहाज ल्याउँछौँ ।”

मन्त्रालयले खरिद गरेर ल्याइने दुई वटा जहाज पश्चिम नेपालमा र एउटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने मन्त्री किरातीले जानकारी दिए । “हवाईजहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा विमानस्थलमा एक जना सुत्केरी भए पनि उडान भर्ने गरी तयारी थालिएको छ”, मन्त्री किरातीले भने, “म मन्त्री भएर जाँदा हवाईजहाज त बेहोस अवस्थामा भेन्टिलेटरमा सुतिरहेको रहेछ । त्यसलाई हामी उपचार गर्दैछौँ । २२ वटा विमानस्थल गौचरणमा परिणत भएको छ । कारण जहाजमाथि ठूलाठूला भ्रष्टाचार भए । पापीको आँखा लागे, लुट्नैसम्म लुटिए । खाने, पिउने र रमाउने ठाउँ त्यही मन्त्रालयलाई बनाए । अब यसरी चल्न दिन्नँ !”

उनले खोटाङको तीनवटै विमानस्थलमा नियमित उडान–अवतरण गर्नेगरी तयारी थालिएको जानकारी दिए । प्राधिकरणमा विमान नभएकै कारण उडान–अवतरण हुन नसकेको जानकारी दिदै मन्त्री किरातीले अबको केही समयपछि नै खोटाङका तीनवटै विमानस्थलमा नियमित उडान–अवतरण हुने विश्वस्त पारे ।

पर्यटकीयस्थलको अवलोकन भ्रमणमा निस्कनुभएका मन्त्री किरातीले सबै नागरिक असल नियतका साथ अगाडि बढ्ने हो भने, समृद्धि आफूहरूकै पालामा सम्भव रहेको पनि बताउनुभयो । फायर हाइड्रेन्ट गेट भल्भ उद्घाटनपछि जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणका लागि सबैले अभियान सञ्चालन गर्नुपर्ने बताए ।

एक अर्को प्रसङ्गमा उनले खोटाङ आफ्नो पुर्ख्यौली थलो भएकाले खोटाङको समग्र विकासमा आफ्नो कार्यकालमा सकेको सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । “म भोजपुर जिल्लावासी हुँ । मेरा पुर्खाहरू खोटाङबाट भोजपुर बसाइँ सरेर गएका रहेछन् । पुर्ख्यौली थलो पहिल्याउँदै खोटाङ आइपुगेको छु”, उनले भने “आफ्नो पुर्ख्यौली थलोको विकासका लागि सकेको सहयोग गर्नेछु । मै मन्त्री भएर भोजपुरका लागि एउटा पनि योजना पारेको छैन । खोटाङलाई यस वर्षमात्रै धेरैवटा योजना पारेको छु । यसलाई कार्यान्वयन गर्ने जिम्मा तपाईंहरूको हो ।”

अन्तरक्रिया कार्यक्रममा सहभागी नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टङ्क राईले पर्यटन विकासका नाममा पुराना संरचनालाई ध्वस्त पार्ने योजना नबनाउन मन्त्री किरातीलाई सुझाव दिए । “हाम्रो ठाउँ आफैँमा पर्यटकीय क्षेत्र हो । यसलाई प्रचारप्रसार गर्न सके संसारका पर्यटक भित्र्याउन सकिन्छ”, उनले भने, “त्रिधार्मिकस्थल हलेसी खोटाङमै छ । यसलाई मात्र प्रवर्द्धन गर्न सके खोटाङको मात्र नभई प्रदेशकै समृद्धिमा सहयोग पुग्नेछ ।”

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?