National life

हिमालयन बैंकको खुद नाफा १ अर्ब ५१ करोड माथि ,अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ माघ २०८१, सोमबार
503Shares
हिमालयन बैंकको खुद नाफा १ अर्ब ५१ करोड माथि ,अन्य सूचक कस्ता ?
ncell

हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९८ प्रतिशत बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी १० प्रतिशत भन्दा धेरैले घटेपछि नाफा वृद्धि कमजोर भएको हो । बैंकले यस अवधिमा ५ अर्ब २३ करोड ५६ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको भन्दा १०.०४ प्रतिशतले कम हो । गत आवको पुस मसान्तसम्म बैंकले ५ अर्ब ८२ करोड खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब २१ करोडबाट बढेर ३ अर्ब १२ करोड पुगेको छ । खुद ब्याज आम्दानी घटे पनि बैंकको इम्पेयरमेन्ट चार्ज उच्च दरले घटेका कारण सञ्चालन नाफामा सुधार आएको छ । यसकारण बैंकको खुद नाफा बढ्न सकेको हो । बैंकको सञ्चालन मुनाफा ४१.२२ प्रतिशत बढेको छ ।

यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ९४ करोडबाट घटेर १८ करोड ४६ लाखमा झरेको छ । हिमालयनको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २० अर्ब ४३ करोड रुपैयाँ जम्मा रहेको छ । पुस मसान्तसम्ममा बैंकले २ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा बैंकको खराब कर्जा दर ४.९५ प्रतिशत बढेर ४.९८ प्रतिशतमा पुगेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७६.११ रुपैयाँ छ ।

यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?