काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको सभा सम्पन्न भएको छ । कम्पनीले आज काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड बैंक्वेटमा आफ्नो १७ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो।
उक्त सभाले आर्थिक वर्ष २०७७/८० का लागि प्रस्तावित चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८६ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँबराबरको बोनस शेयर अनुमोदन गरेको छ ।
सभाले चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ।
यससँगै अब सेयरधनीले लाभांश प्राप्त गर्ने भएका छन्। साथै बोनस सेयर वितरणपछि चुक्ता तथा जारी पूँजी बढ्ने भएकाले सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित भएको छ।
सभाले आर्थिक वर्ष २०८०।८१ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव अनुमोदन गरेको छ ।

































