National life

१७ वटा नगरपालिकाले निजी कम्पनीको पैसा खाए :मेयर बालेन शाह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
606Shares
१७ वटा नगरपालिकाले निजी कम्पनीको पैसा खाए :मेयर बालेन शाह
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कुनै निजी कम्पनीबाट पैसा खाएर उपत्यका मेयर फोरमको बैठक बोलाइएको आरोप लगाएका छन् । मंगलबार ललितपुर महानगरपालिकामा बसेको फोरमको बैठक बिचैमा छाडेर बाहिरिएका शाहले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् ।

१७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेर आफूले कसैको अपमान नगरेको मेयर शाहको तर्क छ । उनले भनेका छन्, ‘नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नु भयो तर काठमाडौँ महानगर बिक्रीमा छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तपाईंहरुले पुरै देश नै बेच्नु भयो भने पनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।’

फोरमको बैठकको अध्यक्षता ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका थिए । बैठकमा उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा नेप वेस्ट नामक संस्थालाई दिनेबारे छलफल गर्न खोजिएको थियो । तर, यसबारे कम्पनीलाई नदिने भनेर अघिल्लै बैठकमा निर्णय भइसकेकोमा मंगलबारको बैठकमा किन एजेन्डा राखिएको भन्दै शाहले असन्तुष्टि जनाएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?