National life

२२ सय जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने नेत्रज्योति संघ र कतार च्यारिटीकाबिच सम्झौता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ भदौ २०८०, सोमबार
739Shares
२२ सय जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने नेत्रज्योति संघ र कतार च्यारिटीकाबिच सम्झौता
ncell

काठमाडौँ । नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीका बिचमा आँखा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आज सोमबार दुई संस्था विच नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट संघका अध्यक्ष प्रा.डा चेतराज पन्त र महासचिव भरतबहादुर चन्द तथा कतार च्यारिटीका तर्फबाट कन्ट्रि डाईरेक्टर मोहम्मद बकास र कार्यक्रम व्यबस्थापक इरसाद अलि शेखले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार बाँके, कपिलबस्तु, रौतहट, सुनसरी र सर्लाही जिल्लाहरुका ग्रामिण क्षेत्रका नागरिकहरुलाई लक्षित गरि बिभिन्न आँखा शिबिरहरुको आयोजना गरी २ हजार २ सय मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आँखा शिविर तथा शल्यक्रियाका लागि आर्थिक सहयोग कतार च्यारिटीले गर्नेछ भने प्राविधिक सहयोग नेपाल नेत्रज्योति संघले गर्नेछ ।

उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले कतार च्यारिटी जस्तै दातृ निकायहरुको सहयोग र सहकार्यमा सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण हुने विश्वास व्यक्त गरे ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै कतार च्यारिटीका कन्ट्रि डाईरेक्टर मोहम्मद बकासले च्यारिटीले बिगत ५ बर्षदेखि शिक्षा, स्वास्थ्य, खानपानी र जिविकोपार्जन क्षेत्रमा कार्य गर्दै आइरहेको र स्वास्थ्य क्षेत्रमा मोतियाबिन्दुको सर्जरी मार्फत दृष्टि पुर्नस्थापनाका लागि नेत्रज्योति संघसंग यो सम्झौता गरिएको र यसबाट २ हजार भन्दा बढि बिरामीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए ।

अहिले पनि नेपालको आँखा उपचार सेवा सस्तो र गुणस्तरिय भएकाले विभिन्न देशका नागरिकहरु नेपालमा आँखा उपचार गराउन आइरहेको भन्दै संघका महासचिव भरतबहादुर चन्दले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य सहित संघले आफ्ना कार्यक्रमहरु अगाडी बढाइरहेको बताए ।

उक्त कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्रा.डा चेतराज पन्तले कतार च्यारिटीसंगको सहकार्यले आर्थिक अभावकै कारण आँखा उपचारबाट बन्चित नागरिकहरुले निःशुल्क आँखा उपचार प्राप्त गर्न सक्ने विश्वास समेत ब्यक्त गरे ।

संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत सस्तो मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ भने विभिन्न दातृ निकाय, नेपाल सरकार तथा विभिन्न स्थानिय तहहरुसंघको सहकार्यमा बार्षिक हजारौँ निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिरहरु संचालन गर्दै आइरहेको छ ।

त्यस्तै कतार च्यारिटीले ‘नेपाल एकिकृत विकास कार्यक्रम(एनआईडिपी)–२’ परियोजना अन्तरर्गत नेपालका विभिन्न ९ जिल्लाहरुमा स्थानिय साझेदारहरुको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । च्यारिटीले नेपालमा बिशेषगरी उत्पादनशिलता र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
739SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?