National life

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री वाग्ले विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार साँझ अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेका हुन् ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१७ असोज २०८३, शनिबार
325Shares
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
ncell

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री वाग्ले विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार साँझ अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेका हुन् ।

अर्थ मन्त्रालयका अनुसार मन्त्री वाग्लेले असोज १९ र २० गते विश्व बैंक, अमेरिकाको अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

यस्तै, द्विपक्षीय सहायता अभिवृद्धि, पुनर्निर्माण, वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिरिने नेपालको प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुनेछ।

Royal Enfield
nic asia capital

गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण पूर्वाधारमा भएको क्षतिको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालन गर्ने विषयमा पनि अर्थमन्त्री वाग्लेले विश्व बैंक र अमेरिकी सरकारका प्रतिनिधिसँग विशेष छलफल गर्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
325SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?