National life
cg eloctronics

विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्न अर्थमन्त्री वाग्लेको एडिबीलाई आग्रह

जलवायु उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन अर्थमन्त्रीले गरे एडिबी अध्यक्षसँग आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२९ असोज २०८३, बिहिबार
369Shares
विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्न अर्थमन्त्री वाग्लेको एडिबीलाई आग्रह
ncell

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान तथा जलवायु उत्थानशील पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको बैंककमा रहेका अर्थमन्त्री वाग्ले र एडिबीका अध्यक्ष मासातो कान्दाबीच बिहीबार भेटवार्ता भएको थियो।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रको पुनरुत्थान तथा भविष्यमा जलवायुजन्य जोखिमको सामना गर्न सक्ने पूर्वाधार निर्माणका लागि एडिबीको सहयोग आवश्यक रहेको बताएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालले पछिल्लो समय भोगेका प्राकृतिक विपत्तिबाट भएको क्षतिको पुनर्निर्माणसँगै दीर्घकालीन रूपमा सुरक्षित र जलवायु उत्थानशील विकासलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्।

विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोगले प्रभावित क्षेत्रको पुनरुत्थान र नेपालको विकास प्रयासलाई गति दिन सक्ने अपेक्षा गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
369SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?