National life

उपत्यकामा ९ हजार ५६८ थान एलपी ग्यास बिक्री, भाेलिदेखि नियमित वितरण हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|३१ साउन २०८३, आइतबार
969Shares
उपत्यकामा ९ हजार ५६८ थान एलपी ग्यास बिक्री, भाेलिदेखि नियमित वितरण हुने
ncell

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अति आवश्यक उपभोक्ताका लागि ९ हजार ५६८ थान एलपी ग्यास सिलिन्डर बिक्री वितरण गरेको जनाएको छ ।

निगमले आइतबार उपत्यकाका विभिन्न ग्यास उद्योगका सिलिन्डर आफ्ना प्रतिनिधिमार्फत निगमले तोकेका सातवटा बिक्री केन्द्रबाट बिक्री वितरण गरेको हो ।

निगमका कर्मचारी, जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीको सहयोगमा ती ग्यास सिलिन्डर बिक्री वितरण गरिएको निगमले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्यास बिक्री वितरणमा सहयोग गर्ने सबैप्रति निगमले धन्यवाद व्यक्त गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निगमका अनुसार भाेलि (सोमबार) देखि सम्बन्धित ग्यास उद्योगहरूले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार एलपी ग्यासको बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।

ग्यास सिलिन्डर आवश्यक भएका उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले अपिल गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
969SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?