National life

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|३० साउन २०८३, शनिबार
1KShares
आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने
ncell

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ।

निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो। ग्यास किन्नका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री हुने स्थानहरूमा टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी रहेका छन्।

निगमले ती स्थानमा विभिन्न ग्यास उद्योगबाट सिलिन्डर उपलब्ध गराइने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?