काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
विभागका अनुसार मुद्दामा विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवाल, शुलभ अग्रवाल, उपेश बस्नेत र ऋषिराज मोरलाई प्रतिवादी बनाइएको छ। त्यसैगरी फेवा डेभलपर्स प्रा.लि., वेगनास डेभलपर्स प्रा.लि., रिजेन्ट कोर्ट प्रा.लि., अल्फा डेभलपर्स प्रा.लि., श्रीनगर डेभलपर्स प्रा.लि., डेल्टा डेभलपर्स प्रा.लि.
अभियोगपत्रअनुसार पूर्वअर्थमन्त्री पौडेलमाथि मुख्य प्रतिवादी दीपक भट्टलगायतका व्यक्तिहरूको गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउन तथा त्यसको वास्तविक स्रोत छल्ने वातावरण निर्माण गर्न सहयोग गरेको आरोप लगाइएको छ ।
विभागले अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा विशेष अदालतमा अभियोगपत्र दर्ता गरिएको जनाएको छ । अब उक्त मुद्दामाथि विशेष अदालतले कानुनी प्रक्रिया अघि बढाउनेछ ।


































