National life

रुपन्देही-२ मा चुनावी उत्साह, चुन्न प्रसादको सम्भावना बलियो

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१५ फागुन २०८२, शुक्रबार
1.4kShares
रुपन्देही-२ मा चुनावी उत्साह, चुन्न प्रसादको सम्भावना बलियो
ncell

काठमाडौं। फागुन २१ गते हुने निर्वाचन नजिकिंदै गर्दा रुपन्देही २ को चुनावी वातावरण निकै तातेको छ। यहाँका चर्चित नेता तथा उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धालाई अझ रोचक बनाइरहेका छन्।

यस क्षेत्रलाई “हट सिट”को रुपमा हेरिएको छ। त्यसको कारण के हो भने नेपाली काँग्रेसबाट उद्योगी तथा समाजसेवी चुन्न प्रसाद शर्मा (पौडेल) र एमालेबाट ८ पटक मन्त्री बनेका विष्णु प्रसाद पौडेलले यस क्षेत्रमा उम्मेदवारी दिएर प्रतिस्पर्धा गरिरहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शर्मा यशोद फुड्सका अध्यक्ष हुन् भने विष्णु पौडेल पाँच पटकसम्म अर्थमन्त्री बनिसकेका व्यक्ति हुन्।

रुपन्देही २ मा करिब १ लाख ३५ हजार मतदाता छन् र यहाँ विभिन्न दल र स्वतन्त्र उम्मेदवार मिलाएर ३९ जनाले भाग लिएका छन्। मुख्य रुपमा नेपाली काँग्रेस, एमाले र रास्वपाबीच यहाँ प्रतिस्पर्धा हुने देखिन्छ। तर नेपाली काँग्रेसका उम्मेदवार, उद्योगी तथा समाजसेवी यसपटक सबैका लागि भारी पर्ने उनका समर्थकहरूको दाबी छ।

के भन्छन् चुन्न प्रसाद समर्थक मतदाता ?

स्थानीय चुन्न प्रसाद शर्मा समर्थक मतदाताहरूका अनुसार, एमालेले विगतमा यस क्षेत्रमा पर्याप्त विकास नगरेको र पुराना वाचा पूरा नगरेको कारण मतदाताको विश्वास घटेको छ भने रास्वपा सामाजिक सञ्जालमा मात्रै सक्रिय देखिएकाले धेरै मतदाताले काँग्रेसप्रति आकर्षण बढाएका छन्।

समर्थक मतदाताहरूका अनुसार नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विश्व दिपले पनि यस क्षेत्रको मत विभाजन गर्ने सम्भावना देखिन्छ। यसले गर्दा एमालेका विष्णु पौडेलको जित चुनौतीपूर्ण बन्ने संकेत देखिन्छ।

रास्वपा पनि नयाँ पुस्तालाई लक्षित गर्दै चुनावी मैदानमा छ, तर स्थानीय मतदातासँग उनको सम्बन्ध कमजोर रहेको शर्मा समर्थक युवाहरूको दाबी छ। यस्तै, डा. कमल भुसाल (निकोलस)को उम्मेदवारीले रास्वपा समर्थक युवा मतदातालाई आकर्षित गर्ने सम्भावना बढाएकोले पनि रास्वपाको भोट काटिने आँकलन उनीहरूको छ। यसबाट पनि काँग्रेसलाई फाइदा पुग्ने अनुमान गरिएको छ।

युवाको समर्थन

स्थानीय युवा मतदाता नारायण घिमिरे भन्छन्, “जेन्जी मुभमेन्टको मर्म बुझ्न सक्ने युवा व्यवसायी चुन्न प्रसाद शर्मा पौडेललाई मत दिने विचार गरेका छौँ। उनी जस्ता व्यवसायीको मर्म बुझ्ने मान्छे संसदमा जान आवश्यक छ। कांग्रेश बदलिएकाले अहिले नेपालका दलहरुमध्ये कांग्रेश नै सबैभन्दा नयाँ भएको मेरो बुझाइ हो।”

रोजगारी सृजनामा योगदान 

रुपन्देही २ का मतदाता विपिन पाण्डेले भने, “यसपाली मैले जेन्जी भएपनि चुन्न प्रसाद शर्मालाई मत दिने विचार गरेको छु। उनी रुपन्देहीका लागि आवश्यक व्यक्ति हुन्। उनले हजारौँ युवालाई रोजगारी दिएका छन् र नेपालमा रोजगारी सृजना गरेर पलायन रोक्ने क्षमता भएकाले उनीलाई मत दिनुपर्छ।”

अर्का युवा मतदाता निराजन खरेल भन्छन्, “नेपाली काँग्रेसले आफैलाई परिवर्तन गरेर आएकाले रुपन्देहीमा स्थापित व्यवसायी चुन्न प्रसादलाई मेरो समर्थन छ।”

महिला मतदाताको समर्थन

रुपन्देही २ कै एक महिला मतदाताले पनि आफ्नो धारणा राख्दै भनिन्, “महिलाहरू पहिले चुलो चौकोमा मात्र सीमित थिए। तर चुन्न प्रसादले अस्पताल, कलकारखाना जस्ता ठूला रोजगारीका अवसर सिर्जना गर्नु भएको छ। त्यसैले हामीले उनलाई विजय गराएर थप रोजगारीको सृजना गर्नुपर्छ।”

काँग्रेसको रणनीति र उम्मेदवार

जेनजी आन्दोलनपछि नेपाली काँग्रेसमा युवापुस्ता नेतृत्व उदाए, विशेष गरी गगन थापाको नेतृत्वमा पार्टी एकजुट देखिन्छ। काँग्रेसले उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान गरेका उद्योगी चुन्न प्रसाद शर्मालाई उम्मेदवार बनाउँदा मतदाताको उत्साह बढेको छ।

शर्माले विगत तीन दशकदेखि रुपन्देही २ का स्थानीय विकास, रोजगारी सिर्जना, धार्मिक र सामाजिक संस्थाहरूमा योगदान पुर्‍याएका छन्। यसैले धेरै मतदाता रुखमा मतदान गरेर उनलाई जिताउन इच्छुक देखिन्छन्।

व्यावसायिक संघ, सामाजिक संस्था र स्थानीय समुदायले पनि शर्माप्रति सकारात्मक दृष्टिकोण राखेका छन्। उनका सामाजिक सेवा र शिक्षा तथा स्वास्थ्यमा योगदानले मतदाताको विश्वास थप बढाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?