काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलविरुद्ध अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई थप म्यादका लागि सम्बन्धित निकायले विशेष अदालतमा पेश गरेको थियो। अदालतको संयुक्त इजलासले अनुसन्धानका लागि आवश्यक ठहर गर्दै म्याद थपको आदेश दिएको हो।
अदालतको आदेशअनुसार उनलाई न्यायिक हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइने जनाइएको छ।
पौडेललाई असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो। उनीमाथि सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे शंका गरिँदै अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।


































