National life

सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलन दम्पती निर्दोष ठहर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२२ साउन २०८३, शुक्रबार
1.3kShares
सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलन दम्पती निर्दोष ठहर
ncell

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे मिलन’ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई अन्तिम रूपमा सफाइ दिएको छ।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले विशेष अदालतले आठ वर्षअघि दिएको सफाइको फैसला सदर गरेको हो। यससँगै गुरुङ दम्पतीविरुद्धको मुद्दा अन्त्य भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध ७ करोड ८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो। तर, विशेष अदालतले १० माघ २०७४ मा आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको थियो।

उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै विभागले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो। तर, सर्वोच्चले पनि विशेष अदालतकै निर्णयलाई कायम राखेपछि गुरुङ दम्पतीले सम्पत्ति शुद्धीकरण मुद्दाबाट अन्तिम रूपमा उन्मुक्ति पाएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?