National life

कृषि र जलवायु क्षेत्रमा लगानी प्रवर्द्धन गर्न बेलायतको प्रतिबद्धता

साना किसान र दिगो विकासका लागि बेलायती सहयोग बढ्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२५ जेठ २०८३, सोमबार
1.5kShares
कृषि र जलवायु क्षेत्रमा लगानी प्रवर्द्धन गर्न बेलायतको प्रतिबद्धता
ncell

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले जलवायु परिवर्तनसँग जुध्न, कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र दिगो विकासलाई प्रवर्द्धन गर्न बेलायतले सहयोग निरन्तर जारी राख्ने बताएका छन्।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले बेलायतको वैदेशिक सहायता अन्तर्गत सञ्चालन भइरहेका परियोजनाहरूले नेपाली समुदायको आर्थिक अवस्था सुधार गर्न र वातावरणीय चुनौतीहरू सामना गर्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरे।

राजदूत फेनले ‘नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशीकरण’ कार्यक्रममार्फत राष्ट्रिय प्रकृति संरक्षण कोष र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य भइरहेको जानकारी दिए। साथै हरित जलवायु कोष तथा हानि–नोक्सानी कोषमार्फत नेपाललाई जलवायु वित्तमा पहुँच विस्तार गर्न प्राविधिक सहयोग प्रदान भइरहेको उनले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि सञ्चालन गरिएको साना किसान लक्षित व्यावसायिक कृषि कार्यक्रमले उल्लेखनीय उपलब्धि हासिल गरेको जनाउँदै उनले १ लाख ५६ हजारभन्दा बढी किसानलाई बजारसँग जोडिएको जानकारी दिए। उक्त कार्यक्रमबाट उल्लेखनीय निजी लगानी आकर्षित भएको र लाभान्वितमध्ये ठूलो हिस्सा महिलाको रहेको पनि उनले उल्लेख गरे।

बेलायतले ‘नेपाल इन बिजनेस’ पहलअन्तर्गत ‘क्याटालिटिक फाइनान्स’ सुरु गरेको छ, जसले कृषि प्रशोधनजस्ता क्षेत्रमा लगानी अभाव हटाउन बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। हाल यस पहलमार्फत केही जडीबुटी प्रशोधन कम्पनीहरूलाई निर्यातका लागि सहयोग भइरहेको छ।

जलवायु अनुकूलनका क्षेत्रमा ‘एशियाका लागि जलवायु कार्य’ कार्यक्रममार्फत इसिमोडसँग सहकार्य भइरहेको र पुनर्योजी कृषिको नयाँ ढाँचा परीक्षणको तयारीमा रहेको पनि उनले बताए। नेपालको बदलिँदो वातावरणअनुसार कृषि प्रणाली सुधार गर्न र स्थानीय समाधानलाई प्रवर्द्धन गर्न बेलायत प्रतिबद्ध रहेको उनको भनाइ थियो।

कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले साना किसानहरू जलवायु जोखिममा परिरहेको उल्लेख गर्दै उनीहरूको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय कोषको भूमिका महत्वपूर्ण हुने बताए। उनले किसानलाई प्रविधि, वित्त र बजारमा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) नेपालका उपप्रमुख कृष्ण योगीले पनि ग्रामीण क्षेत्रमा कृषि चुनौती बढ्दै गएको र युवाहरू विदेश पलायन हुने क्रमले खेतीयोग्य जमिन बाँझो हुने समस्या बढेको बताए। उनले नवीन वित्तीय उपायहरूले कृषि क्षेत्रमा लगानी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले साना किसानको उत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग र प्रतिस्पर्धात्मक कोष परिचालनलाई प्रभावकारी बनाउनु आवश्यक रहेकोमा जोड दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?