National life

हर्मुज जलमार्ग पुनःखुल्ने अनिश्चितताबीच बढ्यो तेलको मूल्य

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२५ साउन २०८३, सोमबार
849Shares
हर्मुज जलमार्ग पुनःखुल्ने अनिश्चितताबीच बढ्यो तेलको मूल्य
ncell

काठमाडौं । स्ट्रेट अफ हर्मुज तत्काल पुनःखुल्ने विषयमा अनिश्चितता बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार उकालो लागेको छ। इरानले ओमानसँग नयाँ समुद्री मार्ग निर्धारणसम्बन्धी सहमति अन्तिम चरणमा पुगेको बताए पनि अमेरिकाले थप सर्त पूरा नगरेसम्म हर्मुज नखोल्ने स्पष्ट पारेपछि लगानीकर्तामा पुनः आपूर्ति जोखिमको चिन्ता बढेको हो।

आज ब्रेन्ट क्रुडको मूल्य १।०३ प्रतिशतले बढेर प्रतिऔंस ८४।४१ डलर पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै डब्लूटीआई क्रुडको मूल्यपनि ०।७७ प्रतिशतले बढेर प्रतिऔंस ७८।७८ डलर कायम भएको छ ।

यसअघि इरान र ओमानबीच सहमति हुन सक्ने तथा त्यसबाट हर्मुज जलमार्ग हुँदै व्यावसायिक जहाज आवतजावत पुनः सुरु हुने आशामा गत साता दुवै प्रमुख तेल बेन्चमार्क ७ प्रतिशतभन्दा बढीले घटेका थिए। तर, इरानले सम्झौता अन्तिम चरणमा पुगे पनि जलडमरु खोल्न अमेरिकाले थप सर्त पूरा गर्नुपर्ने बताएपछि बजारमा पुनः अन्योल देखिएको हो।

इरानका अनुसार अमेरिकाले विगतका आक्रमणबाट भएको क्षतिबापत क्षतिपूर्ति दिनुपर्ने लगायतका विषयमा सहमति आवश्यक छ। इरानी विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिका र इरानबीच हाल प्रत्यक्ष वार्ता नभएको र वासिङ्टनले यसअघि भएको अन्तरिम सहमति पालना नगरेसम्म वार्ता अघि नबढ्ने बताएका छन्।

वार्ताको प्रगतिबारे ठोस प्रमाण नआएसम्म तेलको मूल्यमा रहेको भूराजनीतिक जोखिम प्रिमियम तत्काल हट्ने सम्भावना कम रहेको बताउँछन्। वास्तविक रूपमा ट्यांकर आवतजावत सुरु भएको वा औपचारिक सम्झौता भएको प्रमाण आएपछि मात्रै बजारले आपूर्ति जोखिमलाई कम आँकलन गर्ने अपेक्षा गरिएको छ।

यसैबीच, क्षेत्रीय तनाव थप बढाउने अर्को घटनाका रूपमा साउदी अरबको जाजानस्थित तेल प्रशोधन केन्द्रमा आक्रमण भएको छ। इरानसमर्थित हुथी समूहले उक्त आक्रमण आफूले गरेको दाबी गरेको छ। यस्तै, यूएईको अबुधाबी नेसनल आयल कम्पनीले द्वन्द्व सुरु भएयता होर्मुज जलडमरु पार गर्ने आफ्ना १५ वटा जहाजमाथि आक्रमण भएको जनाएको छ।

हर्मुज जलमार्ग विश्वको सबैभन्दा महत्वपूर्ण उर्जा आपूर्ति मार्गमध्ये एक हो। द्वन्द्वअघि विश्वको करिब पाँचौँ हिस्सा तेल आपूर्ति यही मार्ग हुँदै हुने भएकाले यसको लामो समयसम्मको अवरोधले विश्वव्यापी तेल आपूर्ति, ढुवानी लागत र मुद्रास्फीतिमा थप दबाब पार्न सक्ने जोखिम छ।

यो समाचार शेयर गर्नुहोस्
849SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?