काठमाडौं । इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। इरानको सर्वोच्च सैन्य कमान्डले बिहीबार यस्तो निर्णय सार्वजनिक गरेको हो।
अमेरिकाले इरानका विभिन्न स्थानहरूमा नयाँ चरणको हवाई आक्रमण गरेपछि त्यसको जवाफस्वरूप इरानले यो कदम चालेको बताइएको छ।
इरानी सेनाका अनुसार अब यो जलमार्ग तेल ट्याङ्कर, व्यापारिक जहाज लगायत सबै प्रकारका जलयात्राका लागि पूर्ण रूपमा बन्द रहनेछ।
साथै, प्रतिबन्ध उल्लंघन गरी अघि बढ्ने कुनै पनि जहाजलाई निशाना बनाएर आक्रमण गरिने कडा चेतावनी समेत दिइएको छ।

































